दुई डीएसपीको काज सरुवा

२०८१ माघ २३, बुधबार

काठमाडौँ : प्रहरी प्रधान कार्यालयले दुई जना डीएसपीको काज सरुवा गरेको छ । इलाका प्रहरी कार्यालय दमकमा रामप्रसाद तिमल्सिनालाई पठाइएको छ ।

दमकमा कार्यरत निशान थापा एसपीमा बढुवा भएपछि दमकको इन्चार्ज पद रिक्त थियो । त्यस्तै  जिल्ला प्रहरी परिसर काठमाडौँमा सुन्दर तिवारीलाई ल्याइएको छ । काठमाडौँको अपरेशन कमाण्डरको रुपमा कार्यरत पवन भट्टराई बढुवा भएपछि उनको ठाउँमा तिवारीलाई ल्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार