बस र मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु

२०८१ माघ २३, बुधबार

काठमाडौं : नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।

गल्छिबाट त्रिशूलीतर्फ जाँदै गरेको बा.३ ख ५५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. ५८ प २८०४ नम्बरको मोटरसाइकल बुधबार दिउँसो पौने २ बजे एक आपसमा ठोक्किएको थियो । विपरीत दिशाबाट आइरहेको मोटरसाइकल जोगाउन खोज्दा एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बेलकोटगढी नगरपालिका–७ बस्ने मोतीराम राईका छोरा जीवनको उपचारका लागि अस्पताल पुर्‍याएपछि निधन भएको प्रहरीले जनाएको छ ।मृतकका आफन्तहरूले अहिले घटनास्थलमा पुगेर बाटो अवरोध गरिरहेका छन् । मोटरसाइकल जोगाउने क्रममा बस भित्तामा पुगेर ढुंगामा जोतिन पुगेको थियो ।

बसमा सवार १८ जना र मोटरसाइकलमा सवार १ जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल नुवाकोट लगिएको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार