भत्ता लिन गएका ७५ वर्षीय वृद्ध मृत भेटिए

२०८१ माघ २३, बुधबार

गोरखा : सामाजिक सुरक्षा भत्ता लिन भनी घ्याम्पेशालतर्फ गएका धावा काशिखोलाका एक वृद्ध तीन दिनपछि मृत अवस्थामा भेटिएका छन्।

गत आइतबार वुद्धभत्ता लिन घरबाट गएका भीमसेन थापा गाउँपालिका-४, काशीखोलाका ७५ वर्षीय चुडामणी काप्री बुधबार मृत अबस्थामा भेटिएका प्रहरीले जनाएको छ। घरबाट निस्किएको धेरै दिनसम्म नफर्किएपछि स्थानीयबासी र प्रहरीको संयुक्त टोलीले खोजतलास गर्दा काप्रीको शव वडा नम्बर-२, वगुवा खेत जाने बाटोमा पर्ने सेतोपहरो भन्ने ठाउँमा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

उनी सामाजिक सुरक्षा भत्ता बुझी बगुवाखेतस्थित भाइको छोरीको घर जान्छु भनी हिंडेको जानकारीमा आएपछि सोही बाटोमा खोजतलास गर्दा घरदेखि करिब तीन किलोमिटर पूर्व अर्चले बौवाखेत जाने भित्रि सडकखण्डबाट करिब दुईसय मिटर तल भीरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार