पाल्पा : पाल्पामा चुनढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ।
लु २ ख ५९६५ नम्बरको टिपर दुर्घटनामा चालक जिल्ला रुपन्देही देवदह नपा २ बस्ने वर्ष ३१ को सुनिल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। माथागढी गाउँपालिका–५ सुर्काबास स्थित रहबास–खैरेनी भित्री कच्चि सडक खण्डमा रहबास खानीबाट चुनढुङ्गा लिएर खैरेनीतर्फ जाँदै गरेको लु २ ख ५९६५ नम्बरको टिपरसडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो।
प्रहरीले प्रारम्भिक अनुसन्धान पश्चात चालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा पठाइएको जनाएको छ।