ड्युटी गर्दागर्दै प्रहरी असई रामको मृत्यु

२०८१ माघ २४, बिहीबार

महोत्तरी : जिल्ला प्रहरी कार्यालय महोत्तरीको कन्ट्रोल रुममा ड्युटी गर्दागर्दै एक प्रहरी सहायक निरीक्षक (असइ) को मृत्यु भएको छ ।

ड्युटीमै रहेका बेला अचानक श्वासमा समस्या भएपछि असई सुरेन्द्र राम चमारलाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको थियो । पछि थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिए पनि उनलाई चिकित्सकले बचाउन सकेनन् । बुधवार साँझ ५ बजे उनलाई श्वास प्रश्वासमा समस्या भएको थियो । साँझ ६ः१५ मा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुगर र ब्लड प्रेसर रोगबाट पीडित असई चमारलाई अचानक श्वास लिन समस्या भएपछि चिकित्सकले सिपिआरसहितको कृत्रिम माध्यमले अक्सिजन पूर्ति गर्ने प्रयास गरे पनि सफल हुन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुप्रसाद जयसवारले जानकारी दिए ।

उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार