जनयुद्ध हिंसा नै थियो, यो दिवस मनाउनुको कुनै औचित्य छैन : बादल

२०८१ माघ २४, बिहीबार

काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले तत्कालीन विद्रोही माओवादीले सुरु गरेको सशस्त्र संघर्ष (जनयुद्ध) लाई हिंसाको संज्ञा दिएका छन् । बादल पूर्व माओवादी नेता हुन् । सशस्त्र संघर्षका क्रममा उनी कमाण्डर थिए । उनकै नेतृत्वमा ठूला–ठूला युद्धहरु भएका थिए ।

पत्रकार महासंघ अछामले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले युद्ध हिंसा नै हुने बताएका हुन् । प्रत्येक हिंसालाई युद्ध मान्न नसकिने उनको तर्क छ । नेता बादलले माओवादीले जनयुद्ध दिवस मनाउनको कुनै औचित्य नरहेको पनि बताए । जनयुद्ध दिवस दुनियाँमा कहीँकतै पनि नमनाइने बताउँदै उनले जनयुद्ध दिवस मनाउने माओवादीको डिसिजन गलत रहेको बताए ।

नेकपा (माओवादी केन्द्र) फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेला सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदासमेत दिएको थियो । सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट परेपछि सो विदा खारेज भइुसकेको छ । यद्यपि माओवादी केन्द्रले भने २०५२ साल फागुन १ गतेदेखि सशस्त्र संघर्ष सुरु गरेको दिनलाई जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
4
+1
0
+1
6
+1
7
+1
0
+1
1

ताजा समाचार