काठमाडौँ : गृहमन्त्री रमेश लेखकले अन्तरजातीय विवाहका प्रति आफू सतर्क र उद्धार रहेको बताएका छन्। बिहीबार (आज) बसेको संसद् बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
‘गृहमन्त्रीको निर्देशनमा अत्याचार भयो भन्ने कुरा सरासर कपोलकल्पित हो। नेपाल प्रहरीलाई निर्देशन दिएको छु। यस विषयमा कहीँ पनि त्रुटि भएको देखिए छानबिन र कानुनअनुसार कारबाही हुन्छ,’ उनले भने।
अगाडि उनले भने, ‘नेहा र सत्येन्द्र उहाँहरूको पूर्ण सुरक्षाको प्रत्याभूति गरिनेछ। उहाँहरूको जीवनमा कुनै प्रतिकूलता पर्न दिइइने छैन। पीडितहरूलाई भएको क्षतितर्फ पनि ध्यान आकृष्ट भएको छ।’





