विकासलाई राजनीति र धर्म भन्दा माथि राखेर हेर्न आवश्यकः अध्यक्ष ढकाल

२०८१ माघ २४, बिहीबार

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकासलाई राजनीति र धर्म भन्दा माथि राखेर हेर्न आवश्यक रहेको बताएका छन्। बिहीबार काठमाडौंमा शुरु भएको सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्। उनले विकासलाई राजनीति र धर्म भन्दा माथी राखेर हेर्न नेपालका सम्पूर्ण राजनीति दल तथा सर्वसाधारणमा आग्रह गरे।

उनले नेपालमा केही गर्छु भनेर काम गर्न खोज्दा विभिन्न नाममा विरोध हुनु दुःखद् भएको बताए। पाथीभरा केबलकार प्रकरणमा भइरहेका विरोधहरु विकासका लागि भन्दा पनि पपुलिजमको लागि गर्न खोजिएको उनले बताए। उनले अहिले सामाजिक सञ्जाललाई दुरुपयोग गरेर आम नागरिकलाई मेनुपुलेट गरेर सूचना फैलाउने काम भएको बताए। उनले बेरोजगार भएर वैदेशिक रोजगारबाट नेपालमा नै अवसर खोजेर काम गर्ने र लाखौं नेपालीहरु वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई कम गर्ने हिसावले नेपालमा ३५ वर्षदेखि सक्रिय भएर काम गरिरहेको बताए।

पछिल्लो समय पाथीभरा केवलकारको विषयलाई लिएर सामाजिक सञ्जालमा चन्द्रप्रसाद ढकाल नेपालको दलाल वा नेपालमा राख्न नहुने मान्छेको रुपमा प्रचार गरिनु खेदजनक रहेको उनले बताए। उनले नेपाल रोजगारी दिने,अवसर खोज्ने,वैदेशिक रोजगारीमा जान रोक्ने विषयलाई प्राथमिकता दिन नसके भविष्यमा पछुताउनु पर्ने अवस्था आउने उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार