विजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

२०८१ माघ २९, मंगलवार

कञ्चनपुर : कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।

सोमबार साँझ कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१२, भाईरल रोडमा सुप्रप०१–०१२ प ९२४९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । सो दुर्घटनामा चालक कैलाश सिंह साउद र पछाडि सवार गणेश विष्ट गम्भीर घाइते भएका थिए । उनीहरूलाई तत्काल महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले प्रारम्भिक जाँचपछि दुबै जनालाई मृत घोषित गरेको प्रहरीले जनाएको छ । उनीहरु दोधराबाट महेन्द्रनगरतर्फ जाँदै थिए।

अनियन्त्रित भई सडकको डिभाइडरमा रहेको बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ। प्रहरीले थप अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार