काठमाडौं : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उपाध्यक्ष पदमा दुर्गा सोव र मानुषी यमी भट्टराई निर्विरोध निर्वाचित भएका छन्।
समावेशीतर्फ भट्टराई महिला र सोव दलित क्लटरबाट निर्वाचित भएका हुन् । उनीहरु निर्वाचित भएको औपचारिक घोषणा भने हुन बाँकी छ। ११ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यमध्ये ९० जनाको लागि आज निर्वाचन हुँदैछ । उम्मेदवारविरुद्ध परेको दाबी विरोधपछि निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गर्दैछ ।
अध्यक्षमा डा बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईले उम्मेदवारी दिएका छन् ।





