काठमाडौं : गायिका एलिना चौहान र श्रीमान विष्णु सापकोटाको सम्बन्धविच्छेद भएको छ । एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको आज जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको हो ।
एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । उनीहरुको वैवाहिक सम्बन्ध नौं महिनामै टुङ्गिएको छ । एलिनाका दाइ प्रल्हाद चौहानले सम्बन्धविच्छेदको पुष्टि गरेका छन् । गायिका चौहानले आज (मंगलबार) बाट पति विष्णु सापकोटासँग आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको बताएकी छन् ।






