काठमाडौँ : सरकारले १७ जना सह-सचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा उनीहरूलाई सरुवा गरेको हो।
आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यलाई संघीय मामिला मन्त्रालय, भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीलाई राष्ट्रिय योजना आयोग, दीर्घ राज मैनालीलाई राष्ट्रिय सूचना आयोग र नारायण प्रसाद रिसाललाई गृह मन्त्रालयमा सरुवा गरिएको हो।





