भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना नियुक्त

२०८१ माघ २९, मंगलवार

काठमाडौं : भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले दोस्रो चरणमा २६ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा ३९ जना सदस्य नियुक्त गरेका छन् ।

केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एक जना अध्यक्ष, विज्ञ र महिलासहित ३ जना सदस्य रहने ब्यवस्था अनुसार मन्त्री अधिकारीले मङ्गलवार ३९ जनालाई सदस्य पदमा नियुक्त गरेका हुन् । मन्त्री अधिकारीले तेस्रो चरणमा अब बाँकी रहेका ९१ जना सदस्यहरु छिट्टै नियुक्त गर्ने जनाए ।भूमि समस्याको दिगो समाधानका लागि मन्त्रालयले द्रूतगतिमा काम गरिरहेको मन्त्री अधिकारीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार