माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीनानाथ शर्मा

२०८१ माघ २९, मंगलवार

कास्की : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी प्रदेश इन्चार्ज दीनानाथ शर्माले आफ्नो पार्टीलाई सरकारमा जाने हतार नरहेको बताएका छन् ।

माओवादी केन्द्र बागलुङ–पोखरा सम्पर्क समन्वय समिति आज पोखरामा आज आयोजित प्रथम अधिवेशन उद्घाटन गर्दै उनले पार्टीले सरकारमा नजाने र पुनः एक पटक जनतामा फर्किने सङ्कल्प गरेको बताए । “माओवादीको प्राथमिकता अहिले सरकार होइन, हामी जनतामा फर्किएका छौँ, पार्टी पुनःनिर्माण गरेर जनताको विश्वास जितेर मात्र सरकारमा जान्छौँँ ।” सचिव शर्माले भने ।

पार्टीको गत पुसमा सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टीभित्र मजुबुत एकता कायम गरेर अभियानमा लाग्ने निर्णय गरेको भन्दै उनले आगामी चुनावमा श्रेष्ठता कायम गर्ने गरी अगाडि बढ्न आग्रह गरे । नेता शर्माले पार्टीले हरेक नेता कार्यकर्तालाई जनतासँग जोड्ने कार्यक्रमका लागि सबै केन्द्रीय सदस्यलाई पालिकामा र प्रदेश सदस्यलाई वडामा जिम्मेवारी दिएर पठाउने योजना बनाएको समेत जानकारी दिए ।

पार्टीका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, केन्द्रीय सदस्य कृष्ण केसी, बागलुङका इन्चार्ज चन्द्रबहादुर बुढा, कास्कीका इन्चार्ज नेत्रनाथ अधिकारी, माओवादी बागलुङ संयोजक राजीव घिमिरेलगायत सम्बोधन गरेका थिए । समितिको प्रथम अधिवेशनले कुलचन्द्र शर्माको अध्यक्षतामा ४१ सदस्यीय समिति निर्वाचित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार