म्यानचेस्ट सिटी रियल मड्रिडसँग ३–२ ले पराजित

२०८१ माघ ३०, बुधबार

काठमाडौं : एर्लिङ हालान्डले दुई गोल गरे पनि म्यानचेस्ट सिटीले च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउन संर्घष गरिरहेको छ।

गएराति भएको प्लेअफको पहिलो लेगमा रियल मड्रिडसँग ३–२ ले पराजित भएपछि सिटीको अन्तिम १६ यात्रा कठिन देखिएको हो। रियलको जितमा केलियन एकबाप्पले, ब्राहिम डियाज र जुड बेलिङ्घमले समान एक गोल गरे। सिटीका लागि दुवै गोल हालान्डले गरे। खेलको पहिलो हाफमा नै १–० ले पछि परेको रियलले उदोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो।

पहिलो हाफको १९ औँ मिनेटमा हालान्डको गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो। तर खेलको ६० औँ मिनेटमा एमबाप्पलेको गोलमा रियल खेलमा फर्कियो। ८० औँ मिनेटमा हालान्डले पेनाल्टीमा गोल गरेपछि सिटीले पुनः अग्रता बनाएपनि त्यसलाई लामो समय जोगाउन सकेन।

८६ औँ मिनेटमा डियाजको गोलमा रियलले खेललाई पुनः बराबरीको स्थितीमा ल्याएको थियो। इन्ज्युरी समयमा बेलिघमले गोल गरेपछि रियलले पहिलो लेगमा संर्घषपूर्ण जित निकालेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार