चितवन : चितवनमा रोकिराखेको कारमा स्कुटर ठोक्किँदा मंगलबार स्कुटर सवार एक जना महिला घाइते भएकी छन् ।
बा १६ च ८०७७ नम्बरको रोकीराखेको कारको अगाडी बा.प्र.०६-००१प २५१६ नम्बरको स्कुटर ठोक्किएको थियो । उक्त दुर्घटनामा स्कुटरको पछाडि बसेकी भरतपुर-६, ईन्द्रपुरी बस्ने ७० वर्षीय सीता लामिछाने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।





