सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिचान खोज्ने काम राज्यको होइन : महामन्त्री शर्मा

२०८१ माघ ३०, बुधबार

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिचान खोज्ने काम राज्यको नभएको बताएका छन् । सामाजिक सञ्जाल विधेयकका विषयमा बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले सरकारले सामाजिक सञ्जालको सही प्रयोग भएको छ छैन भन्नेमा ध्यान दिनुपर्ने बताएका हुन् ।

महामन्त्री शर्माले विधेयकमा रहेको केहि दफाहरूमा आफूहरूको आपत्ति रहेकाले यसलाई जस्ताको त्यस्तै अघि बढाउन नहुने बताए । उनले सामाजिक सञ्जाल विधेयक, २०८१ मा प्रस्तावित व्यवस्था परिमार्जन गरेर मात्रै पारित गरिने स्पष्ट पारे । महामन्त्री शर्माले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसको प्रयोग गरिमा र मर्यादाको सन्दर्भमा बहसमार्फत परिमार्जन गर्न जरुरी रहेको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार