काठमाडौं : रुवान्डाको उत्तरी प्रान्तमा दिउँसो भएको सडक दुर्घटनामा २० जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका छन् ।
रुलिण्डो जिल्लाको रुसिगा सेक्टरमा ५० भन्दा बढी यात्रु बोकेको बसको चालकले कुना घुम्न जाँदा नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो । बस सडकबाट ओर्लिएर तल खसेर उपत्यकामा खसेको थियो । प्रधानमन्त्री कार्यालयले साँझ जारी गरेको विज्ञप्ति अनुसार घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
सरकारले घाइतेलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।(रासस/सिन्ह्वा)





