उच्च अदालतका न्यायाधीश लम्सालको सरुवा

२०८१ माघ ३०, बुधबार

काठमाडौं : उच्च अदालत वीरगञ्जका न्यायाधीश भरत लम्सालको ओखलढुङ्गा सरुवा भएको छ ।

बुधबार बसेको न्याय परिषदको बैठकले उच्च अदालत जनकपुर, अस्थायी इजलास, वीरगञ्जका न्यायाधीश लम्साललाई उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गा सरुवा गरिएको हो ।

ओखलढुङ्गामा न्यायाधीशद्वय धीरबहादुर चन्द र बबिता उप्रेतीबीच एक मुद्दामा राय बाझिएपछि त्यहाँ निर्णयमा जटिलता उत्पन्न भएको थियो । उच्च अदालतमा दुई न्यायाधीशबीच राय बाझिएमा तेस्रो न्यायाधीशको इजलासमा पठाउनु पर्ने नियम छ । त्यहाँ तेस्रो न्यायाधीश नभएकाले लम्साललाई सरुवा गरी पठाइएको हो ।

बुधबारको बैठकले न्यायपरिषद्को प्रतिवेदन २०८०/०८१ सामान्य परिमार्जनसहित स्वीकृत गरेको छ । नयाँ सदस्य नियुक्त भएपछि न्याय परिषद्को पहिलो बैठक बुधबार बसेको हो। नयाँ सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्का नियुक्त भएपछि बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार