काठमाडौं : सरकारले राजनीतिक दल सम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी गरेको छ। राजनीतिक दल सम्बन्धी कानुनको अभाव रहेको भन्दै सरकारले त्यो अभाव परिपूर्ती गर्न राजनीतिक दल सम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी गरेको हो।
त्यसको संकेत प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नेपाल निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशनलाई सम्वोधन गर्दै गरेका हुन्। त्यसो त प्रधानमन्त्री ओलीले आफूले अध्यादेश ल्याएर कुनै पनि दल विभाजन गर्न नचाहेको दाबी गर्दै आएका छन्।
तर राजनीतिक दलसम्बन्धी विधेयकमा राजनीतिक दल विभाजन गर्न सहज हुने प्रावधान राख्ने सरकारले तयारी गरेको छ। स्रोतका अनुसार सरकारले एकीकृत समाजवादी भित्रको विवादलाई मध्यजनर गर्दै राजनीतिक दल सम्बन्धी विधेयकमा दल विभाजन गर्न सहज हुने प्रावधान राख्न लाएिको हो।





