कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

२०८१ फाल्गुन २, शुक्रबार

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाका लागि तालिका सार्वजनिक गरेको छ । शुक्रबार जारी गरिएको सूचनाअनुसार, २०८२ सालको परीक्षा आगामी वैशाख ११ गतेबाट सुरू भई वैशाख २४ गतेसम्म सञ्चालन हुनेछ ।

साधारण, परम्परागत तथा प्राविधिक धारका नियमित र आंशिक परीक्षार्थीहरूका लागि तय गरिएको यो परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिने बोर्डले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार