रोहिणी गाउँपालिकाका अध्यक्ष यादव चढ्ने गाडीमा तोडफोड

२०८१ फाल्गुन २, शुक्रबार

काठमाडौं : रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादव चढ्ने गाडीमा तोडफोड भएको छ ।

रोहिणी–३ लक्ष्मीनगरस्थित अध्यक्ष यादवको निवासमै पार्किङमा राखिएको गाडीमा तोडफोड गरिएको हो ।बिहीबार राति अज्ञात व्यक्तिले गाउँपालिकाको गाडीमा तोडफोड गरेको अध्यक्ष यादवले बताए । उनका अनुसार लु १ झ ३९५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरेर अगाडिको सिसा फुटाइएको छ ।

यसैगरी दायाँ साइडको सिसा फुटेको उनले बताए ।गाडी तोडफोडको घटनाबारे प्रहरीलाई जानकारी गराएको अध्यक्ष यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार