दुई पुरुषबाट १३ वर्षीया बालिका बलात्कृत

२०८१ फाल्गुन २, शुक्रबार

काठमाडौं : रुपन्देहीमा १३ वर्षीया बालिका सामूहिक बलात्कारमा परेकी छन्। बिहीबार साँझ प्रहरीले बलात्कार आरोपमा दुई पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा देवदह नगरपालिका-३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोबिन्द थापा छन्।

बालिकालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार