काठमाडौं : जर्मनीको म्युनिखमा मानिसहरूको भीडमा आफ्नो कार चलाएकाे घटनामा ३९ जना घाइते भएका छन्। जर्मन अधिकारीहरूले यो आक्रमणको पछाडि जिहादी विचारधारा कारण हुन सक्ने बताएका छन्।
उक्त घटनामा पक्राउ परेका एक अफगानी व्यक्तिले अपराध स्वीकार गरेका छन्। म्युनिखका सरकारी वकिल गेब्रिएल टिलम्यानले संदिग्धलाई पक्राउ गरेपछि उनले अरबी भाषामा ‘अल्लाहु अकबर’ (भगवान सबैभन्दा महान हुन) भनेका थिए। टिलम्यानका अनुसार ती व्यक्तिको विचारधारा धर्मबाट धेरै प्रभावित देखिन्छ।
प्रहरी प्रमुख गुइडो लिमरले म्युनिख संदिग्ध व्यक्तिको पहिचान २४ वर्षीय फरहाद एनको रूपमा गरिएको जानकारी दिएका छन्। उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ।





