अध्यादेशको लागि एकीकृत समाजवादीलाई मनाउने प्रयासमा कांग्रेस

२०८१ फाल्गुन ३, शनिबार

काठमाडौं : सत्तारूढ कांग्रेस–एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा संलग्न दुवै दलका नेताहरू बैठकमा सहभागी थिए । उच्चस्तरीय संयन्त्रको बैठकमा संसद्मा पेस गर्ने अध्यादेश, सरकारका कामकारबाहीलगायत विषयमा छलफल भएको छ ।

सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ । यसअघि यसै साता दुई पटक संयन्त्र कार्यदलको बैठक बसेको थियो ।

अध्यादेशको लागि माधवकुमार नेपालको पार्टी नेकपा एकीकृत समाजवादीलाई मनाउने प्रयासमा पनि कांग्रेस लागेको छ । राष्ट्रियसभामा एकीकृत समाजवादीको ८ सांसद छन् । कांग्रेस र एमालेको सरकारलाई जसपा नेपालको निर्णय अध्यादेश पारित गर्न सकस भएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेसको १६, एमालेको १० मात्रै सांसद छन् ।

त्यसकारण कांग्रेस सभापति शेरबहादुर देउवामार्फत नेपाललाई फकाउने  प्रयास थालिएको छ । देउवाले नै अध्यादेश ल्याउने ओलीको प्रयासलाई रोकेको  भन्दै अध्यादेशमा नेपाललाई सहमत गराउने प्रयासमा लागेका छन् । कांग्रेस एकीकृत समाजवादीसँग छलफल थालेको छ ।

विगतमा एमाले फुुटाएर एकीकृत समाजवादी बनाउँदाको र हाल पनि ओलीले तयार पारेको अध्यादेशलाई रोकेको भन्दै नेपालसँग कांग्रेसले संवाद थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार