सत्ता साझेदार दलको बैठक बस्दै

२०८१ फाल्गुन ३, शनिबार

काठमाडौं : आज सत्ता साझेदार दलहरूको बैठक बस्दैछ । अध्यादेशका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । उनका अनुसार बैठकमा अध्यादेशसँगै संविधान संशोधनका विषयमा पनि छलफल हुनेछ । संविधान संशोधनका लागि कार्यदल बनाउने, संविधान संशोधनको लागि बन्ने कार्यदलले प्रदेश र जिल्लामा अन्तर्क्रिया गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

सरकारले ल्याएका ६ अध्यादेश संसदमा अघि बढ्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार