नयाँ पार्टी र नेता ‘उल्का लाम पुच्छ्रे’, आफ्नै घर्षणले सकिन्छन्: घनश्याम भुसाल

२०८१ फाल्गुन ३, शनिबार

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नयाँ पार्टी र नेताहरूलाई ‘उल्का लाम पुच्छ्रे’को संज्ञा दिँदै उनीहरू आफ्नै घर्षणले सकिने ठोकुवा गरेका छन्। शनिवार पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै भुसालले यस्तो टिप्पणी गरेका हुन्।

‘अरू तत्कालीन लाम पुच्छ्रे, उल्काहरू, राजनीतिमा उल्काहरू देखिएका छन्,’ महासचिव भुसालले भने, ‘उल्काहरू आफ्नै घर्षणले सकिने हुन तिनीहरू। एकै छिन तिनीहरूले अन्तरिक्षमा चमक धमक देखाउँछन्, लामपुच्छ्रे झर्‍यो भने कत्रो उज्यालो छर्दै झर्छ देख्नुहुन्छ नि ? तर त्यो आफ्नै घर्षणले जलेर सकिन्छ।’

संसारभरिका लामपुच्छ्रेहरुको अवस्था यस्तै हुने उनले दाबी गरे। ‘संसारभरिका पपुलिस्ट, संसारभरिका अराजकहरूको बाटो त्यही हो,’ उनले भने। उनीहरू स्थायी, जिम्मेवार, मुलुकका लागि निकास दिने शक्तिका रूपमा स्थापित नहुने उनले दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार