भूमि अध्यादेश ब्रह्मलुट मच्चाउन ल्याइएको हो : झलनाथ खनाल

२०८१ फाल्गुन ३, शनिबार

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भूमिसम्बन्धी अध्यादेश ब्रह्मलुट मच्चाउनका लागि ल्याइएको आरोप लगाएका छन् ।

राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा नेता खनालले भूमिसुधार गर्ने उद्देश्यले नभई ब्रह्मलुट मच्चाउने उद्देश्यले भूमिसम्बन्धी अध्यादेश ल्याइएको बताएका हुन् ।

‘यो सरकारले भूमिसुधारका लागि भूमिसम्बन्धी अध्यादेश ल्याएको होइन, ब्रह्मलुट मच्चाउन ल्याएको हो,’ भूमिसुधारको चाहना हुन्थ्यो भने विगतमा दुईतिहाइको असाधारण सरकारको नेतृत्व गरेका बेला नै ल्याइसक्थे ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार