टिपर दुर्घटनामा चालकको मृत्यु

२०८१ फाल्गुन ३, शनिबार

बागलुङ : बागलुङको निसीखोला गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

शनिबार साँझ रुकुम पूर्वबाट बागलुङको बुर्तिङतर्फ जाँदै गरेको ग १ क ६१८९ नंको टिपर निसीखोला गाउँपालिका–६ लामिडाँडामा दुर्घटना भएको थियो। दुर्घटनामा गुल्मीको इस्मा गाउँपालिका–३ का ४७ वर्षीय चालक कृष्ण कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल शर्माले जानकारी दिए।

टिपर सडकदेखि करिब दुई सय मिटर तल खसेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार