आइएमई लाइफ इन्स्योरेन्सद्वारा साधारण सभा आह्वान

२०८१ फाल्गुन ४, आईतवार

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ८ औं साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले सभा फागुन २५ गते काठमाडौंको धुम्बाराहीमा रहेको दियो महलमा बिहान ११ बजे डाकेको हो । सभाले आव २०८०/८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको २१.०५२६४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै गत आवमा कम्पनीबाट सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु समेत पारि गरिनेछ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धीत अनुसूचीहरु पारित गर्ने र चालु आवका लागि बाह्य लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ फागुन १४ गतेसम्म नेप्सेमा कायम भएका सेयरधनीहरु मात्रै संस्थाको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार