१४ डीएसपीको काज सरुवा, को कहाँ ?

२०८१ फाल्गुन ४, आईतवार

काठमाडौं : प्रहरी प्रधान कार्यालयले १४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको काज सरुवा गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाको प्रमुखमा डीएसपी हेमबहादुर शाहीलाई सरुवा गरिएको छ । रसुवामा रहेका डीएसपी केशव भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओलीको पसर्ननल सेक्युरेटी अफिसर (पीएसओ)को जिम्मेवारी दिइएको छ । डीएसपी रवीन्द्र खनाललाई जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा गरिएको छ । मीन बहादुर लामालाई प्रहरी प्रधान कार्यालयमै मानव स्रोत विभागमा सरुवा गरिएको छ ।

जेशी साहलाई कारागार सुरक्षा कार्यालय सुन्धारामा काज सरुवा गरिएको छ । जीवन निरौलाको भने जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा सरुवा भएको छ । निरन्जन थापाको वृत्त महाराजगञ्जमा सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दलाई प्रहरी वृत्त जनसेवाको जिम्मेवारी दिइएको छ । खगेन्द्रबहादुर खड्कालाई चन्दको ठाउँ झापामा पठाइएको छ ।

विकास थापा इलाका प्रहरी कार्यालय गजुरी धादिङमा सरुवा भएका छन् । ज्ञानकुमार महतो जिल्ला प्रहरी कार्यालय दोलखाको प्रमुखमा सरुवा भएका छन् । डीएसपी राजन लाामालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको जिम्मेवारी दिइएको छ । इन्द्रबहादुर रानालाई इलाका प्रहरी कार्यालय बुटवलमा सरुवा गरिएको छ ।

विजयराज पण्डितलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार