अर्थमन्त्री पौडेल र मेयर आचार्य भेट्न प्रधानमन्त्री बर्न अस्पतालमा

२०८१ फाल्गुन ४, आईतवार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा भएको बेलुन विष्फोट घटनामा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न आज कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन्।

हिजो पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा बेलुन उडाउने क्रममा भएको विष्फोटमा परी अर्थमन्त्री पौडेल र मेयर आचार्य गम्भीर घाइते भएका थिए।

दुवै जनालाई तत्कालै उपचारका लागि काठमाडौं ल्याइयो र अहिले बर्न अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार