काठमाडौं : काठमाडौंको धोबीखोलामा कार खसेको छ । आइतबार साँझ अनामनगरस्थित मदन भण्डारी कलेज छेउमा बा २१ च ६६१४ नम्बरको कार खसेको हो ।
प्रहरीका अनुसार कुनै मानवीय क्षति भएको छैन । घटनाबारे अनुसन्धान भइरहेको घटनास्थलमा खटिएका प्रहरीले जनाएको छ । कार अनियन्त्रित भएर खोलामा खसेको हो । भक्तपुर मध्यपुर ठिमि नगरपालिका १ लोकन्थली बस्ने ४५ वर्षिय पदम कार्कीले चलाएको उक्त कार धोबीखोलामा खसेको हो । चालकलाई सकुशल उद्दार गरिएको छ ।





