काठमाडौं : महेश बर्तौलाले आजको प्रतिनिधि सभा बैठकमा प्रभु शाहले आफ्नो मर्यादा नाघेको आरोप लगाएका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले शाहले आफ्नो मर्यादा नाघेर प्रश्न गरेको आरोप लगाएका हुन् । ‘सरकारका प्रधानमन्त्रीलाई सिधा तँ तँ र मँ मँ जस्तो आशयका प्रस्तुती त्यो शोभनीय हुन्छ ?,’ उनले भने आज मान्य प्रभु शाहजीको प्रश्न गर्ने कुरा उहाँको अधिकार होला तर अधिकार प्रयोग गर्दा नियमावलीमा के छ भन्ने कुरा म स्मरण गराउँन चाहान्छु ।’





