देउवा क्याम्पमा बीपीपुत्र शशांकको इन्ट्री

२०८१ फाल्गुन ५, सोमबार

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विरासतको भारी कसलाई बिसाउँछन् भन्ने चासो व्यक्त भइरहँदा बीपीपुत्र डा. शशांक कोइराला औपचारिक रूपमा बूढानीलकण्ठ प्रवेश गरेका छन् ।

१३औं र १४औं महाधिवेशनमा देउवालाई अनौपचारिकरूपमा सघाएका शशांकले शुक्रबारदेखि आफूलाई संस्थापन (देउवा खेमा)कै नेताका रूपमा प्रस्तुत गरेका हुन् । २०७२ सालमा भएको १३ औं महाधिवेशनमा फरक टीमबाट महामन्त्री उठ्दा शशांक देउवा पक्षमा खुलेका थिएनन् । तर, सहयोग गरेका थिए ।

शशांक २०७८ मंसिरमा भएको १४औं महाधिवेशनमा समेत खुलेर आफ्नो परम्परागत कोइराला समूहमा लागेनन् । कतिसम्म भने पारिवारिक सदस्य डा. शेखर कोइराला सभापतिमा देउवासँग भिड्ने समीकरण बन्यो । तैपनि शशांक उनीतिर खुल्न सकेनन् । बरु अनौपचारिक रूपमा देउवालाई नै सहयोग गरिदिए । अनि देउवा फेरि जिते ।

कांग्रेसमा अब सभापति देउवापछि विरासत बोक्ने नेताको खोजी भएको छ । यही बेला शशांक खुलेरै अर्थपूर्ण रूपमा देउवाको बूढानीलकण्ठस्थित निवासमा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार