भवन भत्किँदा १० जनाको मृत्यु, तीन जना घाइते

२०८१ फाल्गुन ५, सोमबार

काठमाडौं : इजिप्टको गिजा प्रान्तमा सोमबार एउटा भवन भत्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन् ।

गीजा पिरामिड नजिकै केरडासा क्षेत्रमा रहेको तीन तले भवनको दोस्रो तल्लामा विस्फोट भएको हो । घाइतेहरुलाई नजिकैका अस्पतालहरुमा सारिएको छ । विष्फोटका कारण भएको आगोलाई नागरिक सुरक्षा बलले निभाएको समाचारमा जनाइएको छ ।

ग्यास चुहिएर विस्फोट भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार