बढुवा भएका ७५ डीएसपीको तोकियो जिम्मेवारी

२०८१ फाल्गुन ५, सोमबार

काठमाडौं : नेपाल प्रहरीमा भर्खरै बढुवामा भएका ७५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको जिम्मेवारी तोकिएको छ । फागुन २ गतेको गृह सचिवस्तरीय निर्णय अनुसार बढुवा भएका उनीहरूको सोमबार पदस्थापन गरिएको हो । उनीहरूले आइतबार दज्र्यानी चिह्न लगाएका थिए ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गरेको पदस्थापनको निर्णय अनुसार पहिलो नम्बरका बढुवा भएका सुरेन्द्र प्रसाद जोशीलाई नेपाल प्रहरी शिक्षालय तालिम शाखा भरतपुर चितवन पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार