दाहाललाई ओलीको चेतावनी : धेरै बकवास गरेर नहिँड्नु, नत्र पर्दाफास गरिदिन्छु

२०८१ फाल्गुन ६, मंगलवार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कटाक्ष गर्दै अनावश्यक आरोप नलगाउन चेतावनी दिएका छन्।

दाङको घोराहीमा नेकपा (एमाले) जिल्ला कमिटीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्ता बाहिरिएपछि दाहालले आत्तिएर अनेकन आरोप लगाइरहेको टिप्पणी गरे। अध्यक्ष ओलीले एमालेविरुद्ध आउने कुनै हल्लाको पछाडि नलग्न समेत आग्रह गरे।

‘लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनलाई मास्न राजा ज्ञानेन्द्रसँग मिल्नेहरू अहिले बाध्यताले लोकतन्त्रसँग सम्झौता गर्न आएका छन्, र आफूलाई लोकतन्त्रका मसिहा देखाउन खोजिरहेका छन्।’ उनले भने। प्रधानमन्त्री ओलीले माओवादी नेतृत्वले विगतमा तत्कालीन राजा ज्ञानेन्द्रसँग मिलेर सत्ता साझेदारीको योजना बनाएको आरोप लगाउँदै त्यस्ता व्यक्तिहरूलाई लोकतन्त्रको दुहाइ दिन नसुहाउने स्पष्ट पारे।

‘त्यस्ता मान्छेले हामीलाई लोकतन्त्रको दुहाइ दिन सुहाउँदैन। धेरै बकवास गरेर हिँड्ने हो भने प्रचण्डका धेरै षड्यन्त्रको पर्दाफास गरिदिन नपरोस्।’ ओलीले चेतावनी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
3

ताजा समाचार