एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक जारी

२०८१ फाल्गुन ७, बुधबार

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक काठमाडौंमा जारी छ। केन्द्रीय मुख्यालय आलोकनगरमा जारी बैठकको सुरुमा अध्यक्ष माधव नेपालले सम्बोधन गरेका छन्।

बैठकमा फागुन ८ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकको तयारीस्वरूप विभिन्न विषयमा छलफल हुने नेताहरूले बताएका छन्। एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक ८ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा बस्ने गरी आह्वान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार