अध्यादेशमा सहयोगको सट्टा विरोधमा उत्रिनु दुःखद : सञ्चारमन्त्री गुरुङ

२०८१ फाल्गुन ७, बुधबार

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको हित र मुलुकको समृद्धिको पक्षमा ल्याइएको अध्यादेशको विरोध हुनु चिन्ताको विषय भएको बताएका छन् ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले मुलुकको अर्थतन्त्रलाई थप चलायमान बनाउन, सहकारीका क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न र सुकुम्बासी समस्या दीर्घकालीन रुपमा समाधान गर्न ल्याइएका अध्यादेशका विरुद्धमा एक भई प्रतिपक्ष विरोधमा उत्रिनु दुःखको विषय भएको बताए ।

राष्ट्रिय समाचार समिति (रासस) को ६४औं वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले अध्यादेशभित्र भएका विषयवस्तुमाथि टीकाटिप्पणीसहित विरोध हुनुपर्नेमा त्यो नभई एकोहोरो अध्यादेशका बारेमा मात्र विरोध भएकामा आश्चर्य व्यक्त गरे । मन्त्री गुरुङले जनताको सेवा गर्न, विकास निर्माणलाई गति दिई स्थायित्व प्रदान गर्न, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न ल्याइएको अध्यादेश पास गर्नुको विकाल्प नरहेकोमा जोड दिँदै समग्रमा देश र जनतालाई केन्द्रमा राखेर ल्याइएको अध्यादेशका पक्षमा साथ दिन सबै राजनीतिक पार्टीहरूसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार