प्रकृति लम्सालको शव भैरहवास्थित घर ल्याइयो

२०८१ फाल्गुन ७, बुधबार

बुटवल : भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालको शव भैरहवास्थित घर ल्याइएको छ ।

बुधबार साँझ लम्सालको शव भैरहवा ल्याइएको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले बताएका छन् । लम्सालको शव भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय घर ल्याइएको बताइएको छ ।

प्रकृतिको शव भैरहवामा रहेको युनिभर्सल मेडकिल कलेजमा राखिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार