बस दुर्घटनामा एक जनाको मृत्यु, चालक गम्भीर घाइते

२०८१ फाल्गुन ८, बिहीबार

काभ्रे : काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ कुन्डोलमा मंगलबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।

धादिङबाट विवाहको जन्ती पुर्‍याएर फर्किंदै गरेको ना ४ ख ८८१७ नम्बरको खाली बस ट्रनिङमा ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा तेमाल-१ निवासी ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

बस चालक मकवानपुर, बागमती गाउँपालिका निवासी ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार