एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै

२०८१ फाल्गुन ८, बिहीबार

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।

बुधबार पोलिटब्युरो समितिको बैठक बसेपछि आज केन्द्रीय समितिको बैठक बस्ने भएको हो । मंगलबार बसेको स्थायी कमिटी बैठकले सात वटा प्रस्ताव पारित गर्दै आजको बैठकका लागि एजेण्डा समेत तय गरेको थियो ।

जसअनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ भने बैठकले नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको विवरणात्मक समिक्षा, तात्कालिक कार्ययोजना, अध्यादेश सम्बन्धमा र प्रकृति लम्साल मृत्यु प्रकरणसहित समसमायिक प्रस्ताव पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार