मन्त्रीहरू बाहेकले सरकारको निरन्तर खबरदारी गर्नुपर्छ: डा. कोइराला

२०८१ फाल्गुन ८, बिहीबार

वीरेन्द्रनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता बाहिर रहेकाहरूले सरकारको खबरदारी गर्नु आवश्यक रहेको बताएका छन् । उनले कांग्रेसको मुख्य प्रतिस्पर्धी दल नेकपा एमालेसँग सत्ता सहकार्य भएको बताउँदै सत्तामा रहेका मन्त्रीहरूबाहेकले सरकारको निरन्तर खबरदारी गर्नुपर्ने बताए ।

‘मन्त्री भएका, सरकार सञ्चालनको केन्द्रमा रहेकाहरूले आफ्नो काम गर्नुहुन्छ,’ नेपाल प्रेस युनियन सुर्खेतले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘जो बाहिर छौँ खबरदारी गर्नपर्छ ।’

उनले वर्तमान सरकार सात बुँदे सहमतिको जगमा बनेको बताउँदै सो अनुसार काम नभएको आरोप लगाए । ‘राजनीति स्थिरता, आर्थिक विसङ्गतिको अन्त्य गर्न र सुशासन कायम गर्न दुई ठूला दल मिलेका हौँ,’ उनले भने,’भने अनुसार सरकार सञ्चालन भएको छैन।’ उनले संविधान संशोधनको कुरा सात बुँदेमा उल्लेख भएपनि सो अनुसार कुनै प्रक्रिया अघि नबढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार