सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

२०८१ फाल्गुन ९, शुक्रबार

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ।

कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनहिरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्तापुँजीको २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश गरि कुल कुल २८.४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार