भारतीय पूर्व क्रिकेटर गांगुलीको कार दुर्घटना

२०८१ फाल्गुन ९, शुक्रबार

काठमाडौँ : भारतीय पूर्व क्रिकेटर सौरभ गांगुलीको कार दुर्गापुर एक्सप्रेसवेमा बिहीबार दुर्घटनामा परेको छ । सौरभ गांगुली एक कार्यक्रममा सहभागी हुन बर्दवान जाँदै गर्दा उनको कार दुर्घटनामा परेको हो।

भारतीय सञ्चार माध्यमहरूका अनुसार गांगुलीलाई भने कुनै चोट लागेको छैन। तर उनको दुई वटा गाडीमा भने क्षति भएको छ। गांगुलीको गाडी अगाडि अचानक ट्रक आउँदा दुर्घटनामा परेको थियो। गाडीले अचानक ब्रेक लगाउँदा पछाडिबाट आएका गाडीहरू एक आपसमा ठोक्किएको बताइएको छ। ती मध्ये एउटा गाडी गांगुलीको कारसँग ठोक्किएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार