काठमाडौं : बागमती प्रदेश सरकारले लदी पर्वमा माझी समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
फागुन ९ मा बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्षको फागुन २० गते मनाइने लदी पर्वमा माझी समुदायका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यसैगरी मकवानपुरको बकैया गाउँपालिकाले पनि आइतबार सूचना जारी गर्दै बिदाबारे जानकारी गराएको छ । मंगलबार गाउँ कार्यपालिकाको कार्यालय, गाउँ कार्यपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा स्थानीय बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले जानकारी दिए ।





