अमेरिकाबाट फेरि दुई नेपाली निष्कासित

२०८१ फाल्गुन ९, शुक्रबार

काठमाडौं : अमेरिकाले थप दुई जना नेपालीलाई निष्कासन गरेको छ। अवैधरूपमा अमेरिकामा बस्दै आएका उनीहरूलाई नेपाल फर्काइएको स्रोतले जानकारी दिएको छ।

नेपाल फर्काइनेमा केसी र बुढाथोकी थरीका दुई व्यक्ति रहेको स्रोतको भनाइ छ। उनीहरूलाई एयर इन्डियाबाट भारत हुँदै काठमाडौं फर्काइएको हो। कानुन विपरीत अमेरिकामा बस्दै आएका उनीहरूलाई यसै साता फर्काइएको हो।

यसअघि यसै साता अन्य दुई जनालाई पनि निष्कासन गरिएको थियो। अमेरिकाले गैर कानुनीरूपमा बस्दै आएका जैसवाल र कार्की थरीका व्यक्तिलाई निष्कासन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

ताजा समाचार