लोकतन्त्रको विकल्प छैन : गृहमन्त्री लेखक

२०८१ फाल्गुन १०, शनिबार

काठमाडौं : गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई संकटमा धकेल्ने काम भएको बताएका छन् । आज काठमाडौंमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनमा गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताएका हुन् ।

‘अहिलेको संविधानले लोकतन्त्रलाई सुनिश्चित गरेको छ । यसको विकल्प खोज्ने भनेको मुलुकलाई संकटमा धकेल्ने काम हो । त्यसैले सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणको डटेर सामना गर्नुपर्छ’, उनले भने । लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताका सुदृढीकरण आजको आवश्यकता भएको गृहमन्त्री लेखकको भनाइ रहेको छ । १० वर्षमा संविधानको अभ्यास गर्दा देखिएका सबल र दुर्बल पक्षको विश्लेषण गरी संविधान संशोधनको तयारी भइरहेको उनको भनाइ रहेको थियो ।

संविधान संशोधन गर्दा संसदीय सर्वोच्चताको कुरा गर्नुपर्नेमा गृहमन्त्री लेखकको जोड रहेको छ । कानुन र नीतिगत सुधार सरकारका प्राथमिकता भएको उनको भनाइ छ । राज्यका सबै अंगमा सुदूरपश्चिमको उचित प्रतिनिधित्व गराउन आफूहरू लागिपरेको दाबी पनि उनले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार