हमासले छाड्यो थप ६ बन्धक, फेरि पनि परेनन् विपिन जोशी

२०८१ फाल्गुन १०, शनिबार

काठमाडौं : हमासले शनिबार थप ६ जना बन्धक छाडेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार वेस्ट बैंक र गजाबाट हमासले ६ जना बन्धक रेडक्रसमार्फत इसरायललाई फिर्ता गरेको हो।

शनिबार छाडिएका ६ जनै इजरायली नागरिक हुन्। शनिबार ३७ वर्षका अवेरा मेन्गिस्तु , ३७ वर्षकै हिशाम अल सैयद, ३९ वर्षका तल शोहम, २७ वर्षका एलिया कोहेन, २३ वर्षका ओमेर वेनकर्ट र २२ वर्षका ओमेर शेम टोभ रिहा गरिएका हुन्। टाइम्स अफ इजरायलका अनुसार उनीहरूमध्ये अवेरा र हिशाम २०१४ देखि नै  हमासको नियन्त्रणमा थिए। समुद्र तटबाट गाजा प्रवेश गर्दा उनीहरूलाई हमासले नियन्त्रणमा लिएको थियो।

बाँकी चार जनालाई भने सन् २०२३ अक्टोबर ७ मा इजरायलमा गर्दा हमासले बन्धक बनाएर गाजा लगेको थियो। हमासले ६ जना बन्धक छाडेको बदलामा इजरायलले ६०२ जना प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ। गत जनवरी १९ देखि भएको युद्धविरामयता हमासले शनिबार (फागुन १० गते) सातौँपटक बन्धक रिहा गरेको हो। आज रिहा भएका ६ जनासमेत गरेर हमासले अहिलेसम्म ३० बन्धक मुक्त गरेको छ।

हमासले भने यसअघि छैटौँपटकसम्म ९ सय ३५ जना प्यालेस्टिनी कैदी रिहा गरेको छ।  यसबीच नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा गरिएको छ। तर अहिलेसम्म उनको पालो आएन। पहिलो चरणको युद्धविरामअन्तर्गत भएको सम्झौताअनुसार हमासले जम्मा ३३ बन्धक छाड्ने भनिएको छ। यस हिसाबले अब उसले मुक्त गर्न ३ बन्धक मात्र बाँकी छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार